Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देहीको क्षेत्र नं २, प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार विष्णुप्रसाद पौडेल विजयी

मंसीर २३ । रुपन्देहीको क्षेत्र नं २, प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार विष्णुप्रसाद पौडेल विजयी हुनु भएको छ । नेकपा एमालेका उपमहासचिव समेत रहनु भएका पौडेल ४४ हजार ३ मत ल्याई विजयी हुनु भएको हो । उहाले निकतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठवन्धनका उम्मेदवार युवराज गिरीलाई २२ हजार ६६ मतान्तरले पराजित गर्नु भएको छ । नेपाली काग्रेसका नेता युवराज गिरीले २१ हजार ९ सय ३७ मत प्राप्त गर्नु भएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका एमाले उपमहासचिव पौडेल लगातार तेश्रो पटक यस क्षेत्रबाट २०६४, २०७० र २०७४ निर्वाचित हुनु भएको होे । पौडेल राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको रुपमा चिनिनु हुन्छ । त्यसैगरी क्षेत्र नं २–२ बाट प्रदेशसभा सदस्यमा वामगठवन्धनका भोजप्रसाद श्रेष्ठ विजयी हुनु भएको छ । श्रेष्ठले २१ हजार १ सय ३५ प्राप्त गर्नुभई विजयी हुनु भएको हो । उहाका निकतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठवन्धनका उम्मेदवार महेशमान सिंहले १२ हजार ५ सय ६५ मत प्राप्त गर्नु भएको छ । । यसैगरी रुपन्देहीको क्षेत्र नं २–१ बट प्रदेशसभा सदस्यमा वामठवन्धनका लिला गिरी विजयी हुनु भएको छ । गिरीले २१६३३ मत ल्याएर विजयी हुनु भएको हो । उहाका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठवन्धनका उम्मेदवार काजीमान श्रेष्ठले ९७७७ मत ल्याउनु भएको छ । गिरीले श्रेष्ठलाई ११९६५ फराकिलो मतान्तरले पराजित गर्नु भएको हो । निर्वाचित प्रदेशसभाका सदस्यहरुलाई वामगठवन्धनका कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुले मतगणना स्थलमा बधाई दिदै अविर जात्रा गरेका थिए ।

ON AIR

देवदह समाचार

UP NEXT

बिबिसि नेपाली सेवा

Back to Top