Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देहीको क्षेत्र नं १–१, बाट प्रदेशसभा सदस्यमा वामगठवन्धनका डा. कृष्णप्रसाद न्यौपानेले विजयी

मंसीर २३ । रुपन्देहीको क्षेत्र नं १–१, बाट प्रदेशसभा सदस्यमा वामगठवन्धनका डा. कृष्णप्रसाद न्यौपानेले विजयी हुनु भएको छ । डा. न्यौपानले १९५२० मत ल्याई लोकतान्त्रिक गठवन्धनका ताहिर अलीलाई पराजित गर्दै विजयी हुनु भएको हो । उहाका निकतम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिकका ताहिर अलिले १३०७८ मत प्राप्त गर्नु भएको छ । दोश्रो चरण अन्र्तगत मंसीर २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा डा. न्यौपानेले ताहिर अलीलाई ६४४९ मतअन्तरले पराजित गर्नु भएको हो । त्यसैगरी क्षेत्र नं १–२ बाट प्रदेशसभा सदस्यमा वामगठवन्धनका दधिराम न्यौपाने विजयी हुनु भएको छ । उहाले १३०९४ मतल्याई लोकतान्त्रिक गठवन्धनका उम्मेदवार हरि न्यौपानेलाई पराजित गर्दै विजयी हुनु भएको हो । नेकपा माओवादीका नेता न्यौपानेले नेपाली काग्रेसका हरि न्यौपानेलाई १९९१ मतअन्तरले पराजित गर्नु भएको हो । उहाका प्रतिद्धन्द्धी न्यौपानेले १११०३ मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top