Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभाका लागी नेपाली कांग्रेसका युबा उम्मेदवार प्रमोद यादब बिजयी

मंसिर २४ ।रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभाका लागी नेपाली कांग्रेसका युबा उम्मेदवार प्रमोद यादब बिजयी हुनु भएको छ  । यादबले ३१ हजार ७ सय १८ मत ल्याएर निर्बा्चित हुनु भएको हो  । उहाँका प्रतिद्धन्दी पूर्बमन्त्री तथा राष्ट्रिय जनता पार्टीका बरीष्ठ उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्लाले २० हजार ४ सय १६ मत प्राप्त गर्नुभएको छ  । शुक्ला यस अघि त्यस क्षेत्रबाट २०७०को संबिधान सभाको निर्बाचनमा निर्बा्चित हुनु भएको थियो । यादब ११ हजार ३ सय २को फराकिलो मतान्तरले बिजयी हुन भएको छ  । यादब संगै रुपन्देही क्षेत्र नम्बर ४ बाटे प्रदेश सभाको दुबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरु अष्टभुजा पाठक र वसिउद्धिन खान निर्बा्चित हुनु भइको छ  । प्रदेश सभा १ मा अष्टभुजा पाठकको ९०६४ मत आएको छ  । उहाँका प्रतिद्धन्दी राजपाका हजरत अलिले ४ हजार ६ सय ३४ मत प्राप्त गर्नु भएको छ  ।त्यस्तै प्रदेश सभा २ मा वसिउद्धिन खानले १२ हजार १ सय १३ मत ल्याई निर्बा्चित हुनु भएको छ  । उहाँका प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार बिरेन्द्र कलवारले ५ हजार ७ सय ६९ मत प्राप्त गर्नु भएको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top