Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

प्रतिनिधि सभा र प्रदेश सभामा संयुक्त वाम वठवन्धनले विजय

 संयुक्त वाम गठवन्धन क्षेत्र नं १, रुपन्देहीले विजयी ¥याली सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभामा संयुक्त वाम वठवन्धनले विजय प्राप्त गरेपछि विजय र्याली गरेको हो । धकधईबाट शुरु भएको ¥याली भगवानपुर, मझौली चौराह, शंकर पुर, ६ नम्वर चोक, खैरेनी, भलुली, चरेङ्गे, मक्रहर, कान्छी बजार हुदै मधवलीको ठुटीपिलमा पुगेर सम्पन्न भएको थियो । विजय ¥यालीको अपसरमा आयोजित कोणसभामा बोल्दै नव निर्वाचित प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्माले रुपन्देहीको क्षेत्र नं १, लाई नमुनाको रुपमा विकास गर्ने बताउनु भयो । उहाले आमनागरिकलाई धन्यवाद दिदै नागरिकले आफनो जिम्मेवारी पुरा गरिसकेको र अव नागरिकको चाहना अनुसार आफुहरुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले आफु सवै नागरिकको साझा जनप्रतिनिधि भएकोले आमनागरिकलाई समान व्यवहार गर्ने बताउदै निर्वाचनमा भागलिएर पराजित भएकाहरुलाई समेत संगै लिएर विकासका कामहरु गर्ने बताउनु भयो । नवनिर्वाचित सांसद विश्वकर्माले अवको सरकारको पहिलो काम सुकुम्वासी समस्या समाधान गर्न विशेष पहल गर्ने बताउनु भयो । नवनिर्वाचित सांसद विश्वकर्माले संयुक्त वाम गठवन्धनले निर्वाचनका क्रममा प्रतिवद्धता गरेका कामहरु पुरा गर्ने बताउनु भयो । सोही अवसरमा बोल्दै प्रदेश सभा क्षेत्र नं १–२, का नवनिर्वाचित सांसद दधिराम न्यौपानेले आफुले जनप्रतिनिधि नहुदा समेत विकासको काम गरेको स्मरण गर्दै क्षेत्र नं १, को विकासलाई पहिलो प्राथमिकता दिने बताउनु भयो । आमनागरिकलाई धन्यवाद दिदै न्यौपानेले आमनागरिकको आशालाई व्यवहारमा उतार्ने दावी गर्नु भयो । त्यसैगरी क्षेत्र नं १–१, का नवनिर्वाचित प्रदेशसभा सासद डा. कृष्णप्रसाद न्यौपानेले राजनैतिक अस्थिरतालाई अन्त्य गर्दै विकासका कामहरु गर्ने बताउनु भयो । उहाले अव बन्ने सरकारले युवाहरुलाई स्वरोजगारको सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने बताउनु भयो । विजय ¥यालीमा नेता, कार्यकर्ता, शुभचिन्तकहरुको उल्लखनीय सहभागिता रहेको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top