Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ रुपन्देही जिल्लाको नतिजा आयो

 प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ रुपन्देही जिल्लामा प्रतिनिधी तर्फ नेपाली काँग्रेस र प्रदेश तर्फ नेकपा एमालेनै  जित हासिल गरेको  छ । प्रतिनिधि सभामा पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देही जिल्लामा प्रत्यक्षमा दुई वटा सिट जितेको नेपाली काँग्रेस समानुपातिकमा १ हजार ७ सय ४४ मतले जितेको छ  । प्रदेश सभामा भने एमालेको भन्दा २ हजार ६ सय ६२ मत नेपाली काँग्रेसको कम आएको छ ।रुपन्देही जिल्ल्लामा प्रतिनिधि सभामा नेपाली काँग्रेसले १ लाख १५ हजार ३ सय २९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १ लाख १३ हजार ५ सय ८५ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १८ हजार २ सय ९४ मत प्राप्त गरेको छ । । प्रदेश सभाकालागि समानुपातिक तर्फ एमालेले १ लाख ५ हजार ७ सय ३१ मत प्राप्त गर्दा नेपाली काँग्रेसले १ लाख ३ हजार ६९ मत प्राप्त गरेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले समानुपातिक तर्फको समेत मतगणना सकिएको जनाएको छ । प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ एमालेले क्षेत्र नं. १, २ र ३ जितेको छ भने नेपाली काँग्रेसले क्षेत्र नं. ४ र ५ मा जित हात पारेको छ । त्यस्तै १० क्षेत्र रहेको प्रदेश सभा तर्फ एमालेले ५, नेपाली काँग्रेसले ३ तथा नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले एक एक क्षेत्रमा जित हात पारेका छन् ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top