Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

निर्वाचन सम्पन्न भएसंगै राजनैतिक अस्थिरता अन्तः विश्वकर्मा

पौष २ । संविधान कार्यान्वयनको लागि ३ वटै तहको निर्वाचन सम्पन्न भएसंगै राजनैतिक अस्थिरताको अन्त्य भएको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले आमनागरिकको चाहना अनुसार राज्यलाई विकासको बाटोमा लैजानको लागि अव बन्ने वामपन्थीको सरकार लागि पर्नेमा जोड दिनु भयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता विश्वकर्माले विगत लामो समय देखि स्थिर सरकार बन्न नसक्दा नागरिकका चाहना अनुरुप विकास निर्माण हुन नसकेको बताउनु भयो । देवदह मेडिकल कलेज भलुहीले नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरुलाई शुभकामना, स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले यस क्षेत्रको विकासको लागि आफु निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार रहेको कारण स्वास्थ्य संस्थाहरुको स्तरउन्नतीको लागि आफुले पहल गर्ने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले निर्वाचित भएसंगै आफुहरु आमनागरिकको प्रतिनिधि भएकोले सवैलाई समेटेर अगाडि बढ्ने बताउनु भयो । माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहनु भएका नेता न्यौपानेले रुपन्देहीको क्षेत्र नं १, को विकासको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्ने बताउनु भयो । त्यसैगरी देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदह मेडिकलकलेजले स्वास्थ्य सेवा गुणस्तर युक्त बनाउनु पर्नेमा जोड दिनु भयो । उहाले प्राकृतिक श्रोतलाई परिचालन गर्न कानुनी अड्चनका कारण सोचे जस्तो विकासका कामहरु गर्न नसकिएको बताउनु भयो । मेडिकल कलेजका प्रवन्ध निर्देशक रजनीस जिन्दलको अध्यक्षतामा भएको कार्यक्रममा डा। रेशमबहादुर रानाले कलेजको वारेमा जानकारी गराउनु भएको थियो । 

ON AIR

बलिउड एक्प्रेस

UP NEXT

देवदह समाचार

Back to Top