Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

सत्ता टिकाउने खेलमा देउवा सरकार विश्वकर्मा

 
पौष ३ । देउवा सरकारले राष्ट्रिय सभाको बखेडा निकालेर सरकार गठनमा ढिलाई गरेको प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले राष्ट्रिय सभाको मुद्दा उठाएर सत्ता टिकाउने खेल खेलेको बताउदै देउवा सरकारले आमनागरिकको अभिमतलाई कदर गर्नुपर्नेमा जोड दिनु भयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता विश्वकर्माले जनताप्रति उत्तरदायी भएर काम गर्न आम कार्यकर्तालाई निर्देशन दिनु भयो । संयुक्त वाम गठवन्धन क्षेत्र नं १, निर्वाचन परिचालन कमिटीद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेता विश्वकर्माले निर्वाचन मार्फत आमनागरिकले मतदान मार्फत आफुहरुलाई विश्वास गरेकोले अवका दिनमा काम गरेर देखाउन सवै कार्यकर्ताहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले क्षेत्र नं १, रुपन्देहीको विकासको लागि आफु निरन्तर लागि पर्ने बताउदै नागरिकको चाहना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले सवै कार्यकर्ताको योग्दानले मात्र निर्वाचनमा सफल प्राप्त गरेको बताउदै आगामी दिनमा समेत कार्यकर्ताहरुले साथ दिनुपर्नेमा जोड दिनु भयो । उहाले निर्वाचन सहजरुपमा सम्पन्न भएपनि अवका दिन अझ चुनौती रहेको बताउदै यसलाई सामना गर्न आम कार्यकर्ताहरुको सहयोग अनिवार्य भएको बताउनु भयो । निर्वाचन परिचालन कमिटीका संयोजक ऋषिराम सापकोटाको संचालन र सहसंयोजक लेखनाथ न्यौपानेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 
 
 

ON AIR

बलिउड एक्प्रेस

UP NEXT

देवदह समाचार

Back to Top