Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

वाम गठवन्धन लाई दिएको जनादेश को उचित सम्मान गर्दै प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो कर्तव्य पालना गर्नु पर

पौष ३ ।वाम गठवन्धन लाई दिएको जनादेश को उचित सम्मान गर्दै प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्नो कर्तव्य पालना गर्नु पर्ने रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा का सांसद छविलाल विश्वकर्माले वताउनुभएको छ । रुपन्देहीको देवदहमा आयोजित संयुक्त वामगठवन्धन वुद्द्जिीवी संगठन द्वारा आयोजित नवनिर्वाचित प्रतिनिधि र प्रदेश सभा का उमेद् वार को लागि बधाई तथा शुभकामना कार्यक्रम मा उक्त कुरा वताउनु भएको हो । साथै प्रदेश सभा एक का सांसद डा कृष्ण न्यौपानेले अव यहाका सबै संग मिलेर यसै क्षेत्र का बासिन्दाहरुले सोचे अनुरूप नै विकास गरेर देखाउने विश्वास दिलाऊदै सम्पूर्ण वुद्दिजिवी लाई अव विकासको मुहार फेरिने वताउनु भएको छ । संयुक्त वामगठवन्धन वुद्दिजिवी संगठन देवदहका अध्यक्ष मित्रलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम मा नेपाल वुद्दिजिवी परिषद क्षेत्रीय अध्यक्ष ध्रुव न्यौपाने , राष्ट्रीय कर्मचारी संगठन जिल्ला अध्यक्ष गोविन्द ज्ञवाली लगाएतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम संयुक्त वामगठवन्धन वुद्दिजिवी संगठन का सह संयोजक कृष्ण प्रसाद पौडेल को स्वागत र सचिव विष्णु प्रसाद पौडेल को संचालनमा संम्पन्न भएको थियो ।

ON AIR

बलिउड एक्प्रेस

UP NEXT

देवदह समाचार

Back to Top