Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

देवदह नगरपालिकाको कार्यालयवाट जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको शुभारम्भ

पुस ९ । देवदह नगरपालिकाको कार्यालयवाट आज देखि जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको शुभारम्भ भएको छ । संघिय तथा स्थानिय मन्त्रालयको जेष्ठ नागरिक परिचय पत्र निर्देशिका २०७४ अन्तर्गत स्थानिय स्तरवाट परिचय पत्र वितरण कार्यक्रम संचालन भएको हो । ६० वर्ष उमेर पुगेका वृद्धहरुका लागि स्वास्थ्य विमा, स्वास्थ्य सेवा तथा यातायातमा पचास प्रतिशतको सहुलियत दिने निर्णय  अनुसार परिचय पत्र वितरण गरिएको वताईएको छ । यसअघि भैरहवा स्थित जिल्ला महिला तथा वालवालिका कार्यलयलवाट वितरण गर्दै आएका थियो । देवदह नगरपालिका वढा नं ७ का ६६ वर्षिय  मोतीलाल उपाध्यायलाई देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङ्गले परिचय पत्र वितरण गर्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा नगरपालिका का अधिकृत श्रीकृष्ण नेपाल , प्रसासकिय अधिकृत गंगा प्रसाद पंथी लगाएत सेवाग्राही जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।

ON AIR

BBC नेपाली सेवा विहानी पख

UP NEXT

पुराना नेपाली सुगम संगीतहरु

Back to Top