Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

राष्ट्रिय समृद्धि प्राप्ति गर्नको लागि देशमा आर्थिक क्रान्तिको आवश्यकता

 राष्ट्रिय समृद्धि प्राप्ति गर्नको लागि देशमा आर्थिक क्रान्तिको आवश्यकता रहेको अल नेपाल भारतिय पुर्व सैनिक कल्याणकारी संघका संरक्षक चोकबहादुर थापाले बताएका छन् । उनले नेपालमा आर्थिक क्रान्ति ल्याउन भुपुहरुमा एकरुपताको खाचो रहेको औल्याए । भारतिय पुर्व सैनिक कल्याणकारी कृषि सहकारी संस्था देवदह शाखाको चौथो वार्षिक साधरण सभामा बाल्दै उनले उक्त कुरा बताएका हुन् । कार्यक्रममा उनले विर गोर्खाली भनेर चिनिने भुपु सैनीकहरुलाई राज्यले उपेक्षा गरेको बताउदै राष्ट्रिय समृद्धिको लागि भुपुहरुलाई प्रयोग गर्नुपर्ने बताए । उनले भुपुहरुको पहिचान र स्थायीत्वको लागि भुपु संग्रहलाय बनाउन आवश्यक रहेको बताउदै नेपालमा भुपुहरुको समस्या समाधान गर्ने अहिले सम्म एउटा पनि मन्त्रालय नभएको गुनासो गरे । कार्यक्रममा अल नेपाल भारतिय पुर्व सैनिक कल्याणकारी संघका केन्द्रिय अध्यक्ष डा. लक्ष्मीकान्त पाण्डेले अर्गानिक कृषि प्रणाली र स्वदेशी जडिबुटीहरुको प्रयोगलाई प्रोत्साहन गरी स्वस्थ जीवन र आत्मनिर्भरको बाटो रोज्नुपर्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष क्याप्टेन प्रेमबहादुर थापा कुवंरले भुपुहरुले राजनितिक पाटोमा भाग नलिइ स्वच्छ रुपमा देश विकासमा योगदान पु¥याउन सक्ने बताए । कार्यक्रममा अल नेपाल भारतिय पुर्व सैनिक कल्याणकारी संघ नेपालका जिल्ला उपाध्यक्ष लिलबहादुर थापा, संस्थाका उपाध्यक्ष खोमबहादुर सिंह ठकुरी, सचिव चन्द्रबहादुर महत, संस्थाका सदस्य कोषबहादुर गुरुङ्ग, जितबहादुर पाइजा, शोभाकुमारी थापा, लालबहादुर ठकुरी लगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रममा संस्थाको प्रतिवेदन संस्थाका अध्यक्षले प्रेमबहादुर थापा कुवंर र आर्थिक प्रतिवेदन उपाध्यक्ष तेजबहादुर कुवंरले प्रस्तुत गरेका थिए ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top