Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदहमा रहेको मायादेवी आश्रमका अनाथ वालवालिकाहरुको लागि न्यानो कपडा वितरण

शितलहर वढे संगै कसरी न्यानो कपडा र तातो खानेकुरा खाने भनेर चिन्तिन वालवालिकाको लागि देवदहमा आयोजित एक कार्यक्रमवाट राहत मिलेको छ । देवदहमा रहेको मायादेवी आश्रमका अनाथ वालवालिकाहरुको लागि यस्तो अवसर मिलेको हो । शनिवार यसोदा फुड्स प्रा लि ले देवदहमा रहेको मायादेवी आश्रमका सम्पुर्ण वालवालिकाहरुको लागि एक एक सेट न्यानो कपडा र आफ्नै उत्पादन रहेको चाउचाउ वितरण गरेको थियो । कार्यक्रममा कम्पिनीका प्रतिनिधी राम भण्डारी , लायन्स क्लव अफ रुपन्देही वुद्ध मावलीका अध्यक्ष  प्रमोद खनाल , रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेल , मायादेवी अनाथ तथा असाहय वालवालिका संरक्षण केन्द्रका अम्विका प्यासी , समाजसेवी विष्णु ढकाल , राजकुमार भण्डारी , कुमार थापा , कमल पाण्डे लगाएतले वोल्दै अनाथ तथा असाहय वालवालिकाको लागि सवैले सहयोग गर्दै उन्ज्जवल भविष्यका सोच्नु पर्ने वताएका थिए । कार्यक्रम यसोदा फुड्स प्रा लि का प्रतिनिधी राम भण्डारीको अध्यक्षता र पव्लिक रिलेसन अफिसर सरस्वती वस्यालको संचालनमा सम्पन्न भएको थियो ।

ON AIR

खबरै खबर

UP NEXT

स्थानिय समाचारहरुको संगालो

Back to Top