Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

समुद्घाटनमा प्रदेश सांसद डा. कृष्ण न्यौपानको वलिङ्ग र नगरप्रमुख हिरावहादुर खत्रीको व्याटिङ्ग निकै रोमाञ्चक दे

पुस १५ । रुपन्देहीको देवदहमा दिपक पाण्डे स्मृती कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितको एक कार्यक्रमक बीच प्रदेश सांसद डा. कृष्ण न्यौपानेले उद्घाटन गर्नु भएको हो । देवदह क्रिकेट युनिटको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । । कार्यक्रममा देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री, उपमेयर विद्यालक्ष्मी गुरु¨, देवदह नगरपालिका वार्ड नं.७ का वडाध्यक्ष पदम थापा,लगाएतले वोल्दै खेलकुदको विकासको लागि लाग्नु पर्ने वताउनु भएको थियो । समुद्घाटनमा प्रदेश सांसद  डा. कृष्ण न्यौपानको वलिङ्ग र नगरप्रमुख हिरावहादुर खत्रीको व्याटिङ्ग निकै रोमाञ्चक देखिएको थियो ।  सडक दुर्घटनामा परी निधन भएका क्रिकेट खेलाडी दिपक पाण्डको स्मृतीमा खेल सञ्चालन गरीएको क्लबका अध्यक्ष रबी रेग्मीले बताउनु भयो । ज्ञानोदय क्रिकेट क्लब मणिग्राम र दमकडा क्रिकेट क्लब पाल्ला विच भएको उद्घाटन खेलमा ज्ञानोदय क्रिकेट क्बल मणिग्राम विजयी भएको छ । टस जितेर पहिले फिल्डीङ्ग रोजेको मणिग्रामले ३३ रनको झिनो लक्ष्य पाएको थियो । उसले ६ ओभरमा १ बल खेलेर सजिलै लक्ष्य पुरा ग¥यो । मणिग्रामका खेलाडीको अगाडी पाल्पाका खेलाडी कमजोर देखिएका थिए । खेलको म्यान अफ दि म्याच मणिग्राम क्रिकेट क्बलका अमृत भण्डारी भएका छन । १५ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका ८ वटा ए डिभिजन क्लब सहित, नवलपरासी, पाल्पाका गरी जम्मा २४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन भने द्धितिय हुनेले २५ हजार ५ सय शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top