Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

मेला महोत्सवले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मद्दत पुग्ने देवदह नगरपालिकाका नगर प्रमुख हिराबहा

पौष १८ । मेला महोत्सवले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मद्दत पुग्ने देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ । उहाले देवदहलाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न समेत महत्वपूर्ण योगदान दिन भएकोले उद्योगको संभावना र चुनौतीको खोजी गर्नुपर्नेमा जोड दिनु भयो । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७४ अन्र्तगत नगरपालिका, राजनैतिक दल र आयोजक वीच भएको संयुक्त बैठकमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले देवदहलाई कृषि, पशु र पर्यटनको विकासको लागि नगरपालिका लागिरहेको बताउदै मेला महोत्सवमा कृषि र पशुलाई विशेष छुट दिएर जानु पर्ने सुझाव दिनु भएको थियो । नगर अधिकृत खत्रीले मेला महोत्सव देवदहको गहना भएकोले यसलाई सफल बनाउन सम्पूर्णले आ–आफनो ठाउबाट सहयोग गर्नुपर्नेमा जोड दिनु भयो । महोत्सवमा प्रविधिलाई प्राथमिकता दिई अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । उहाले महोत्सव सफल बनाउन नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । मूल आयोजक समितिका अध्यक्ष गोविन्द ठड्राईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्यद्धय ऋषिराम सापकोटा, प्रकाश अर्याल, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, माओवादी केन्द्रका केन्द्रिय आयोजक कमिटी सदस्य लेखनाथ न्यौपाने, देवदह नगर अध्यक्ष मोतीलाल ढकाल लगायतले बोल्दै मेला महोत्सव सफल पार्न राजनैतिक रुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उपाध्यक्ष गणेशकुमार खातीको स्वागत र प्रशान्त गैरेको संचालनमा संयुक्त बैठक सम्पन्न भएको थियो । त्यसैगरी कृषि प्रवद्र्धन उपसमितिको बैठक सम्पन्न भएको छ । समितिका संयोजक त्रिलोचन दहालको अध्यक्षतामा बसेको बैठकले देवदह क्षेत्रमा उत्पादन गरेका कृषि उपजलाई महोत्सवमा प्रतिस्पर्धा गराउने निर्णय गरेको छ । मेलामा सहभागित कृषिहरुलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । कृषिलाई महोत्सवमा स्टल उपलव्ध गराउन आयोजक संग अनुरोध गर्ने निर्णय गरेको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top