Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देहीको देवदहमा ३ महिने प्लम्विङ तालिम शुरु भएको छ

पौष १९ । रुपन्देहीको देवदहमा ३ महिने प्लम्विङ तालिम शुरु भएको छ । देवदह बचत तथा ऋण सहकारी संस्थाको आयोजना र व्यवसायीक सिप विकास तालिम केन्द्रको सहयोगमा उक्त तालिम शुरु भएको हो । देवदह साकोसका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता र व्यवसायीक सिप विकास तालिम केन्द्रका प्रमुख वालकृष्ण पौडेलको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो । सो कार्यक्रममा साकोसका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, कोषाध्यक्ष डिल्लीराज मरासिनी लगायतले बोल्दै तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुनेमा जोड दिएका थिए । साकोसका उपाध्यक्ष्ँ हरिप्रसाद ढुंगानाको स्वागत र व्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

BBC नेपाली सेवा विहानी पख

UP NEXT

पुराना नेपाली सुगम संगीतहरु

Back to Top