Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

देवदह नगरपालिका कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।

पौष २० । देवदह नगरपालिका कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगर प्रमुख हिराबहादुर खत्रीको अध्यक्षतामा भएको बैठकले वडा स्तरीय मेयर कप फुटवल प्रतियोगिता आयोजन ागर्ने निर्णय गरेको छ । त्यसैगरी नगरपालिकामा कर्मचारीको अभाव रहेकोले २ जना सवईन्जिनियर, २ जना ड्राईवर र २ जना कार्यालय सहयोग नियुक्ती गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता झिल्लुप्रसाद न्यौपानेले जानकारी दिनु भयो । बैठकले प्रगति प्राथमिक विद्यालयको रजत महोत्सवको लागि ७५ हजार रुपैया सहयोग गर्ने, शसस्त्र प्रहरी चौकीमा मन्दिर निर्माणको लागि ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । बैकठले देवदह क्षेत्रमा रहेका खोलाहरुको नगरपालिकाले आई ईई गर्ने प्रकृया अगाडि बढाउने निर्णय गरेको छ । बैठकले दिपेश वस्याल, गिता शर्मा, सरस्वती कहारलाई नगरपालिकाको कर्मचारीमा रुपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताउनु भयो । नगरपालिकाको कर्मचारीको रुपमा रुपान्तरण गरेका कर्मचारीहरुलाई दुई महिना भित्र चौथो तह सरह तलव सुविधा प्रदान गर्ने निर्णय गरेको छ । उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र नगरअधिकृत श्रीकृष्ण नेपालको संचालनमा भएको बैठकमा वडा अध्यक्ष, बोर्ड सदस्यहरुले आ–आफना भनाई राख्नु भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top