Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देहीको देवदह–२, ढेकावरमा ६ दिने गुडिया बनाउने तालिम शुरु भएको छ ।

पौष २० । रुपन्देहीको देवदह–२, ढेकावरमा ६ दिने गुडिया बनाउने तालिम शुरु भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले आत्मनिर्भरताको लागि ज्ञान र सिपको आवश्यक रहेको बताएका थिए । उनीहरुले आर्थिक उपार्जनको लागि सिप र ज्ञानलाई उपयोग गरी व्यवसाय गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका वक्ताहरुले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उर्तान सके मात्र तालिमको औचित्य हुने भएकोले आत्मनिर्भर बन्न तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहार्नमा उर्तानु पर्नेमा जोड दिएका थिए । उनीहरुले गुडिया तालिमले घरमा बसेर पनि आर्थिक उपार्जन गर्न सकिने बताउदै तालिमको महत्व बुझेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा देवदह–२, का महिला सदस्य पूर्णकली खरेल, वडा सदस्य टेकबहादुर पुलामी, संयुक्त वडा सचिव विनोद ज्ञवाली, सृजना ओली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । वडा कार्यालयले महिलाहरुको आर्थिक विकासको लागि छुट्याईएको रकमबाट उक्त तालिम शुरु भएको हो । स्थानीय महिलाहरुको सहभागिता रहेको तालिमको विमला डुम्रे र करुणा कवरले सहजीकरण गर्नुहुने भएको छ । दिलमाया सिंजालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

खबरै खबर

UP NEXT

स्थानिय समाचारहरुको संगालो

Back to Top