Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

स्वतन्त्र भूतपुर्व सैनिक कल्णकारी परिवार देवदहद्धारा शोकसभा सम्पन्न गरेको छ ।

पौष २० । स्वतन्त्र भूतपुर्व सैनिक कल्णकारी परिवार देवदहद्धारा शोकसभा सम्पन्न गरेको छ । परिवारका सदस्य देवदह–६, आदर्शटोल निवासी कुल वहादुर राना, मिलन राना र शेरवहादुर रानाका पिता मानसिहं रानाको ९ औं दिनको पुण्यतिथिको अवसरमा उक्त शोकसभा सम्पन्न गरेको हो । स्वतन्त्र भूतपुर्व सैनिक कल्णकारी परिवार देवदहका अध्यक्ष खोमबहादुर सिंह ठकुरीको अध्यक्षता निवर्तमान अध्यक्ष कोषवहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष खरसिंह श्रीष, सहसचिव खडकबहादुर पुन, कोषाध्यक्ष चुरामणि भारती, सहकोषाध्यक्ष लालबहादुर गुरुङ्ग तथा शुभचिन्तकहरुको सहभागिता रहेको थियो । सचिव विनोद गुरुङ्गको संचालनमा शोकसभा सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top