Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

गोली प्रहारबाट व्यवसायी ३८ वर्षे पौडेलको हत्या

पौष २१ । —रुपन्देहीको देवदह नगरपालिका ढेकारमा गोली प्रहार गरी उज्जवल सःमिल उद्योगका संचालक बसन्त पौडेल वलुकोे हत्या भएको छ ।गोली प्रहारबाट व्यवसायी ३८ वर्षे  पौडेलको हत्या भएको हो । छाती र टाउकोमा गोली लागेका पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा लगिएको थियो। अस्पताल लएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवन भट्टराईका अनुसार स मिलमा गएका पौडेलमाथि बिहान करिब सबा ११ बजे गोली प्रहार भएको थियो । डिस्कोभर मोटरसाइकलमा आएका २ जना अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेका थिए । गोली कसले किन हान्यो भन्नेबारेमा अनुसन्धान सुरु भएको डिएसपी पवन भट्टराईले बताउनुभयो । एमालेका स्थानीय नेता समेत रहेका पौडेललाई राजनीतिक वा आर्थिक रिसइवीमा गोली प्रहार भएको भन्नेबारेमा गम्भीर भएर अनुसन्धान गर्न स्थानीयले आग्रह गरेका छन्। यसैविच हत्याको विरोधमा देवदह को खैरेनी र शितलनगरमा स्वतह स्फुर्त रुपमा युवाहरुले चक्काजाम र वजार वन्द गराएका थिए । उता बुटवलमा युवाहरुले चक्काजाम गरेका थिए  । घटना लगत्तै युवा, व्यवसायी नागरिक अगुवा तथा सर्वसाधरण सुरक्षाको माग गर्दै सडकमा उत्रिएका हुन ्। नागरिकको सुरक्षा,घटनाको सत्यतथ्य अनुसन्धान, हत्यामा संलग्नलाई पक्राउ र कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग ठप्प पारेका हुन् । अवरोधका कारण पुर्वपश्चिम राजमार्गको बुटवल सडकमा सवारी दिउसो २ घण्टा सम्म चलेको थिएन । घटनापछि युवासंघ रुपन्देही आन्दोलित भएको छ । संघले बैठक बसेर थप आन्दोलन घोषणा गर्ने बताएको छ । मृतक वसन्त एमाले क्षेत्रीय कमिटीका अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुनुहुन्थ्यो । ३८ वर्षीय पौडेल दुर्गा तिवारीका साथी पनि हुनुहुन्थ्यो, जसको गत वर्ष पौष ४ गते हत्या भएको थियो । पौडेलमाथि गोली प्रहार भएको केहीबेरमै स्थानिय सञ्चारकर्मीहरुलाई फोन गरेर मनोज पुन भएको र हाल मलेसियामा रहेको भन्दै हत्याको जिम्मा लिएको वताईएको छ । दुर्गा तिवारी हत्याकाण्डमा आफ्ना केटाहरुलाई बलु पौडेलले अनाबश्यक दुःख दिएको र फसाएकोले त्यसको वदलामा हत्या गरेको मनोजको जिकीर छ । तिवारी हत्याकाण्डपछि फरार मनोज पुन व्यवसायी शरद गौचनको हत्यामा पनि संलग्नता देखिएको भन्दै प्रहरीले खोजी गरिरहेको छ । बुटबल प्रहरी प्रमुख डीएसपी पवन भट्टराईले हत्यामा पुनको संलग्नता प्रष्ट भइनसकेको बताउनुभएको छ  ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top