Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

अपराधीलाई कानुनी कधघरामा ल्याई कार्यवाही गर्ने कार्यमा राज्यले लाचारी गरेको प्रति गंभिर ध्यानकषर्ण भएको राजनै


पौष २२ । युवा व्यवसायी वसन्त पौडेलको हत्या भएको २४ घण्टा विति सक्दा समेत अपराधीलाई कानुनी कधघरामा ल्याई कार्यवाही गर्ने कार्यमा राज्यले लाचारी गरेको प्रति गंभिर ध्यानकषर्ण भएको राजनैतिक दलहरुले जनाएको छ । गत बर्ष युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पौष ४ गते भएको हत्या र तत्कालिन अवस्थामा राज्यले गरेको सम्झौता कार्यान्वयन नगरेकै कारण अहिले पुनः पौडेलको हत्या श्रृखला जोडिएको ठहर रहेको राजनैतिक दलहरुद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ । राज्यले जनताको ज्यूधनको सुरक्षा गर्नुपर्ने दायित्वलाई वेवास्ता गरिरहदा स्थानीयवासी हत्या र आतंकको चपेटामा परिरहेको विज्ञप्तीमा जनाईएको छ । देवदहमा विभिन्न राजनैतिक दलहरुको संयुक्त बैठक पछि जारी गरिएको विज्ञप्तीमा गत बर्ष राज्य संग भएको सम्झौता कार्यान्वयन नगर्दा अहिले अर्को घटना भएको जनाएको छ । राज्यले गरेको सम्झौताको कुनै कार्यान्वयन नहुदा शान्ति सुरक्षा कमजोर भएकाले हत्या श्रृखला दोहोरिएको जनाएको छ । स्थानीय राजनैतिक दल नेपाली काग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नया शक्ति नेपाल, विभिन्न व्यवसायीक संघसंस्था लगायतको संयुक्त बैठकले देवदह क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सरकारले चासो नदेखाएको जनाएको छ । सम्झौतालाई तत्काल कार्यान्वयन गरी स्वर्गीय दुर्गा तिवारी र स्वर्गीय वसन्त पौडेल दुवै जनालाई सहीद घोषणा गर्दै तत्काल शान्ति सुरक्षाको प्रत्याभूत हुने वातावरण तयार गर्न राज्य संग जोडदार माग गर्दछौं विज्ञप्तीमा भनिएको छं । साथै आफुहरुको मागलाई सम्वोधन नगरिए सम्म आन्दोलन शसक्त ढंगले अगाडि बढाउने विज्ञप्तीमा जनाईएको छ । आम जनताको शान्ति सुरक्षा संग जोडिएको विषय भएकाले आन्दोलनलाई साथ र सहयोग गर्न उद्योगी, व्यवसाय, किसान, मजदुर तथा आमनागरिक समुदायलाई आग्रह गर्दछौं । साथै छिमेकी जिल्ला नवलपरासी, कपिलवस्तु र पाल्पालाई समेत यस आन्दोलनलाई सहयोग गर्न अपिल गरेको । हत्याको विरुद्धमा भएको संघर्ष कार्यक्रम जारी रहेको छ । शान्तिरुपमा संघर्षका कार्यक्रम भईरहेको छ । देवदह क्षेत्रमा हत्याको विरुद्धमा भएको संघर्षका कार्यक्रमका कारण सवारी साधन, पसल पूर्णरुमा बन्द रहेको छ ।
 

ON AIR

UP NEXT

Back to Top