Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

अनिश्चितकालिन रुपन्देही बन्द फिर्ता भएको छ ।

पौष २३ । युवा व्यवसायी तथा नेकपा एमालेका कार्यकर्ता वसन्त पौडेलको हत्याको विरुद्धमा भएको अनिश्चितकालिन रुपन्देही बन्द फिर्ता भएको छ । राजनैतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन र प्रहरी प्रमुखहरुको संयुक्त बैठकमा विभिन्न विषयमा सहमति भएपछि अनिश्चितकालिन रुपन्देही बन्द फिर्ता लिएको छ । संयुक्त बैठकमा दुर्गा तिवारी र वसन्त पौडेललाई सहीद घोषणा गर्ने, देवदहमा क श्रेणीको ईलाका प्रहरी कार्यालय स्थापना गर्ने, देवदहको ढेकावरमा प्रहरी विट राख्ने र हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कानुनी कार्वाही गर्ने सहमति भएको छ । सहमति पछि हत्याको विरुद्धमा भएको संघर्षका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको जनाएको छ । पौडेलको अन्त्येष्टि भोली गर्ने जनाएको छ । बैठकमा नेकपा एमालेका उपमहासचिव घनश्याम भूषाल, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, केन्द्रिय सदस्य लिला गिरी, प्रदेश कमिटीका संगठन प्रमुख भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष शिवराज सुवेदी, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, स्थानीय राजनैतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, ३ वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको वार्तामा सो सहमति भएको हो ।

ON AIR

क्यापिटल न्युज

UP NEXT

हिन्दी गित संगीत

Back to Top