Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

युवा व्यवसायी वसन्त पौडेलको हत्याबारे प्रहरीले छुट्टाछुट्टै २ टोली बनाएर अध्ययन सुरु गरेको छ

२३ पुस । युवा व्यवसायी वसन्त पौडेलको हत्याबारे प्रहरीले छुट्टाछुट्टै २ टोली बनाएर अध्ययन सुरु गरेको छ । युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको एक वर्ष लगत्तै उक्त स्थानमै अर्का व्यवसायीको हत्या भएपछि प्रहरी संवेदनशील भएको हो । संवेदनशील घटना भएकाले घटनाको प्रारम्भिक अध्ययन जिल्ला स्तरीय प्रहरीले गरेपनि गहिरो अध्ययनका लागि टोली गठन गरेको रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताउनु भयो । त्यसका लागि केन्द्रीय र संघीय इकाई अर्थात् साविक अञ्चलस्तरीय प्रहरी टोली खटिएको उहाले बताउनु भयो । टोलीले एक साता भित्र घटनाबारे अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नेछ । यद्यपि हत्याले स्थानीयमा भएको आवेश र बन्दका कारण अनुसन्धानमा समस्या परेको प्रहरीको भनाइ रहेको छ । यता स्थानीयवासी भने गत बर्ष दुर्गा तिवारीको हत्याको बेलामा पनि राज्यद्धारा छानविन समिति बनाए पनि प्रतिवेदन सार्वजनिक नभएको र अपाराधी पनि पक्राउ नभएको प्रति आक्रोस व्यक्त गरेको छ । स्थानीयवासीका अनुसार राज्यले आमनागरिकलाई झुक्याउनको लागि मात्र अध्ययन टोली बनाएको आरोप लगाएको छ । राज्यले गठन गरेको अध्ययन टोलीले एक हप्ता भित्र प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जाहेर गरेपनि अहिले सम्म प्रतिवेदन सार्वजनिक नगरी अध्ययन टोलीमा रहेकालाई अन्यत्रै सरुवा गरेर मुद्दा फितलो बनाएको बताएका छन् । राज्य र प्रहरी प्रशासन गंभिर नभए सम्म अझै यस्ता घटना घटिरहने स्थानीयवासीहरुको गुनासो रहेको छ ।

ON AIR

नेपाली बहस

UP NEXT

खबर संक्षेप

Back to Top