Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

यो देशमा पनि सरकार छ र ?

सुशिल लम्साल

मलाई थाहा छ यो खोक्रो आदर्श सरह नै देखिन्छ । किनकी , हामी परनिर्भर छौ हरेक क्षेत्र र परीस्थितिमा कि अरुको आश्रय लिग्नुपर्छ कि अन्कमाल नै गर्नुपर्छ । सहज हुँदा पेट्रोलकै लागी अन्कमाल गर्यौ अनि अहिले असहज हुँदा पनि ब्लाकमा भए पनि दोब्बर - तेब्बर पैसा तिरेर आश्रीत भएकै छौ मात्र दैनिकिको लागी , जिबिकापार्जनको लागी । नेपाल एक भुपरिबेस्ठित रास्ट्र भएकै कारण, त्यसै माथी छिमेकिले बारम्बार फाइदा उठाएकै छ, रास्ट्रीयताको सवालमा भन्नुपर्दा नाका असहज पारिदिन्छ अनि रास्ट्रीय सम्पदाको सवालमा भन्नु पर्दा बुद्ध भगवान सगरमाथा र किल्ला माथी जरो नै गाडेको देखिन्छ । यो सब जान्दा जान्दै र भोग्दा भोग्दै पनि हाम्रो परनिर्भरता शिवायको खास उपाय र आधार म देख्दिन । अह ! कत्ती देख्दिन । आत्मनिर्भर भन्ने कुरा हाम्रो हकमा भन्नु पर्दा क्षणिक अवश्य होला तर दिर्घकालिन रुपमा चाही किटान गर्न मुस्किल छ । जती हामी रास्ट्रीयतालाई छाती भरि फुलाएर आत्मनिर्भरताको ब्याख्या गर्छौ यथार्थमा त्यो बिरलै सम्भब छ ।

किनकी हाम्रो आफ्नै सरकार कमजोर छ अझ भनु दुरदर्शी छैन । भुकम्प पिडितलाई आश्वसनले अझै पिडित पारिदिन्छ । बिगत ५ - ६ महिना देखी खड्किएको मधेश आन्दोलन उक्लिने र ओर्लने क्रम हुँदा पनि उचित कदम चाल्दैन । अनि त्यसको प्रत्यक्ष फाइदा छिमेकिले उठाउछ र प्रत्यक्ष प्रभाब म जस्तै आम नेपाली पर्छौ । म हरु पर्छौ । जो होन्निएर बिदेशिने आट गर्दैन , देशमै केहि गर्ने मान्यता राख्दछ अनि मन थामेर देशमै रहिरहन यो उथलपुथल वातावरणले दिदैन । सामान्य जिन्दगी समेत बाच्न धौ धौ परेको देशमा यो भन्दा बढी असामान्य परीस्थिती अरु केहि भोग्न बाकी छ र सरकार ? ? ? यसकारण त मलाई भन्न मन लाग्छ ,,, यो देशमा पनि सरकार छ र ?

कहाँ छ ,कता छ, कसको निम्ती छ , कसको लागी बनेको छ ? आदी इत्यादी । मलाई जती मेरो देश नेपाल हो भन्नमा गर्ब लाग्छ त्यो भन्दा बढी यो राज्यको नागरिक हुनुमा पिडा लाग्छ । त्यो पिडा लागेको हैन लगाइएको हो । हे निकम्मा सरकार , तिमीले दुई काम गरे मात्रै खुशी हुने बेला भएको छ । सक्छौ केहि गरेर देखाउ , सक्दैनौ बरु मरेर देखाउ । बस ! यत्ती ।

सक्षम नेतृत्व र कार्यढाचा अन्काल्ने सरकार भएको भए सायद जुम्लामा गाडी पुग्दा अझै पनि कोही रमाएर बुर्कुसी मात्रै उफ्रीएको खबर सुन्न पर्दैनथ्यो होला । रोल्पा पुगेको मान्छे डोल्पा पुग्न नेपालगन्ज फर्किनु पर्दैनथ्यो होला । मार्फाको स्याउ बाटो र बजार कुर्दा कुर्दै रुखमै कुहिन पर्दैनथ्यो होला अनि देशको माया छातिमै थाती राख्दै कोही नेपाली दैनिकिको जोहो गर्न बिदेशिनु पर्दैनथ्यो होला । यो सब हुँदा हुँदै पनि हामी नजिकको तिर्थ हेला हैन नजिकको छिमेकिको आड लिग्न बाध्य छौ । र पनि जब जब रास्ट्रीयताले मन ओत पोत हुन्छ , हृदय भरिन्छ तब छिमेकिको पैसा समेत गोजिमा बोकेर हिड्न सकिदो रहेनछ ।साच्चिकै आत्मसम्मान हुँदैन रैछ । हिजो देखी छिमेकिको रु.१० को नोट पकेटमा थियो । त्यसै मिल्काउन पनि सकिएन , पैसा जो पर्‍यो । तर पनि बोकेर हिड्दा सन्तुस्टी मिलेन । रु १० को नोट देख्दा नेपाल - भारत बेलहिया- सुनौलि( दसगजा) मा चरम यातना दिइ औंला काटेर फ्याकिएको नेपालिको याद बल्झियो । साच्चिकै मुल्यहिन लाज्ञो त्यो पैसा रु.१० । मोदिले नेपाली ढाका टोपी लगाएको खबर सुन्नमा आयो । मैले त धिक्कार्न शिवाय केहि जानिन । यो प्रशङ्ग जोडिरहदा मलाई यती बेला नाटकाकार बालकृष्ण समको उक्ती याद आइरहेको छ " देश भक्ती त मर्दैन चुत्थै देश भए पनि । हो रैछ । जय नेपाल !

ON AIR

साझा खबर

UP NEXT

बलिउड एक्प्रेस

Back to Top