Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को स्मारिका प्रकाशन गर्ने निर्णय

पौष २३ । चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को तयारी तिव्ररुपमा अगाडि बढिरहेको छ । महोत्सव अन्र्तगत गठन भएका विभिन्न उपसमितिको बैठक तथा अन्र्तक्रिया कार्यक्रम तिव्ररुपमा अगाडि बढिरहेको छ । सोही अन्र्तगत महोत्सवको अवसरमा प्रकाशित हुन गईरहेको स्मारिका प्रकाशन उपसमितिको बैठक सम्पन्न भएको छ । देवदहको ऐतिहासिक स्थल, कृषि तथा पशुपालन र औद्योगिक क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ महोत्सवको अवसरमा स्मारिका प्रकाशन गर्ने मूलआयोजक समितिले जनाएको छ । देवदहमा लाग्दै आएको मेला महोत्सवलाई प्रवद्र्धन गर्नेगरी स्मारिका प्रकाश गर्न लागेको हो । उपसमितिका संयोजक कृष्णप्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । उपसमितिको सहसंयोजकमा निर्मल ढुंगाना, विष्णु पौडेल रहनु भएको छ । त्यसैगरी सम्पादकमा रामबहादुर गुरुङ्ग, सम्पादन मण्डलमा गणेश डुम्रे, कृष्णप्रसाद गैरे, विनोद थापा, थानेश्वर लम्साल , रमेश पोखरेल, रहनु भएको छ । बैठकमा गणेश डुम्रे, रामबहादुर गुरुङ्ग, कृष्णप्रसाद गैरे, विनोद थापा, रमेश पोखरेल, निर्मल, ढुंगाना, विष्णुप्रसाद पौडेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । त्यसैगरी आदिवासी जनजाति परिचालन उपसमितिको बैठक सम्पन्न भएको छ । उपसमितिका संयोजक केशर पुनको अध्यक्षतामा बसेको बैठकले उपसमितिमा पदपूर्ति गर्ने निर्णय गरेको छ । बैठकले जिम्मेवारी वाडफाड समेत गरेको मेला सचिवालयले जनाएको छ । बैठकले मेलाको उदघाटनको दिन आदिवासी जनजातिहरुको विभिन्न झाकीहरु प्रदर्शन गर्ने निर्णय गरेको छ ।

ON AIR

नेपाली बहस

UP NEXT

खबर संक्षेप

Back to Top