Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदहमा संचालन भएको एक हप्ते ढकीया निर्माण तालिम सम्पन्न ।

पौष २६ । रुपन्देहीको देवदह–४, केरवानीमा संचालन भएको एक हप्ते ढकीया निर्माण तालिम सम्पन्न भएको छ । थारु सृष्टि महिला समुह देवदह–४, केरवानीको आयोजनामा भएको ढकीय निर्माण तालिमको एक कार्यक्रमका वीच समापन गरिएको हो । समुहका अध्यक्ष निर्मला चौधरीको अध्यक्षता, वडा नं ४ का महिला सदस्य आशा मुसहरको प्रमुख आतिथ्यतामा उक्त तालिम समापन भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले थारुहरुको पहिचानको रुपमा रहेको ढकीय निर्माणलाई जीवन्त राख्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले ढकीया निर्माणले संस्कार र संस्कृतिको संरक्षण संगै आर्थिक उपार्जन समेत गर्न सकिने भएकोले ढकीय निर्माणलाई बचाई राख्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले अहिले थारुहरुको मात्र नभई सम्पूर्ण जातजातीहरुको भाषा, संस्कार, संस्कृति लोप हुने अवस्था रहेकोले नया पुस्तालाई सिकाउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा वडा महिला सदस्य आशा मुसहर, केरवानी स्वास्थ्य चौकीका पुर्व ईन्चार्ज ईश्वरी ढुंगाना, सहभागिको तर्फबाट मनसा थारु, लक्ष्मी थारु लगायतले आ–आफना भनाई राख्नु भएको थियो । स्थानीय थारु महिलाहरुको सभागिता रहेको तालिमको गुल्जरीया थारु र फुलमाया थारुले सहजीकरण गर्नु भएको थियो । समुहका उपाध्यक्ष शान्तिदेवी चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


 

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top