Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

माघेसंक्रान्तिको अवसरमा देवदह–११, सौधनीयामा रक्तदान कार्यक्रम

पौष २६ । थारु कल्याणकारिणी सभा देवदहको आयोजनामा रुपन्देहीको देवदह–११, सौधनीयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । थारुहरुको महान पर्व माघेसंक्रान्तिको अवसरमा सभाले उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको सभाले जनाएको छ । रक्तदान कार्यक्रमको ब्लड बैक बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । सभाका नगरअध्यक्ष निर्मला चौधरीको अध्यक्षता, अपाङ्ग सेवा समाज सिक्टहनका अध्यक्ष रामकुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पल्टन चौधरी, रुकनारायण चौधरी, मानबहादुर चौधरी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । पुष्पा चौधरीको स्वागत र सिताराम थारुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

नेपाली बहस

UP NEXT

खबर संक्षेप

Back to Top