Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

प्रदेश नं ५ का विकासका संभावना र चुनौती विषयक सगरमाथा रनिङ्ग शिल्ड वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

पौष २७ । राज्यको गलत शिक्षा नीतिका कारण शिक्षा क्षेत्रमा सुधार आउन नसकेको प्रदेश सांसद डा. कृष्ण न्यौपानेले बताउनु भएको छ । उहाले गुणस्तर शिक्षाको लागि व्यवसायीक शिक्षा नीति आवश्यक रहेकोमा जोड दिदै समृद्ध देश निर्माणको लागि सोचमा परिवर्तन ल्याउन आवश्य रहेको बताउनु भएको थियोे । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदहद्धारा आयोजित प्रदेश नं ५ का विकासका संभावना र चुनौती विषयक सगरमाथा रनिङ्ग शिल्ड वक्तृत्वकला प्रतियोगिता वोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । सांसद न्यौपानेले प्रदेश नं ५ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफुले पहल गर्ने दावी गर्नु भयो । उहाले देवदहमा विकासका संभावना प्रसस्त रहेकोले त्यसलाई सदुपयोग गर्दै देवदह तथा क्षेत्र नं १, लाई अवको ५ बर्ष भित्र विकास गर्ने दावी गर्नु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री, एन प्याव्सन रुपन्देहीका अध्यक्ष देउप्रकाश राई, देवदह नगरशिक्षा अधिकृत हरिलाल अर्याल, पुस्तक तथा स्टेशनरी महासंघका हरि अर्याल लगायतले बोल्दै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न मद्दत पुग्नेमा जोड दिएका थिए । विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेलले कार्यक्रमको औचित्यको वारेमा प्रकाश पार्नु भएको थियो । प्रतियोगितामा रुपन्देहीका १९ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा अन्नपूर्ण बोडिङ्ग स्कुलका आयुष्था अर्याल प्रथम, एभरेष्ट बोडिङ्ग स्कलका प्रशंसा पाण्डेय द्धितिय, न्यू लुम्विनी बोडिङ्ग स्कुलका अनिषा गौडेल तृतिय र सिद्धार्थ बोडिङ्ग स्कुलका सेजल भण्डारी सान्त्वना भएको विद्यालयले जनाएको छ ।

ON AIR

नेपाली बहस

UP NEXT

खबर संक्षेप

Back to Top