Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

लागुऔषध नियन्त्रण गर्न सकेमात्र अपराधीक क्रियाकलाप रोक्न सकिनेमा जोड ।

पौष २९ । रुपन्देहीको देवदह क्षेत्रमा अपराधीक क्रियाकलाप बढिरहेकोले यसको न्यूनिकरणको लागि सुरक्षा निकाय र स्थानीयवासी वीच समन्वयको आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले लागुऔषध नियन्त्रण गर्न सकेमात्र अपराधीक क्रियाकलाप रोक्न सकिनेमा जोड दिएका थिए । देवदह प्रहरी चौकीद्धारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले देवदह लागुऔषधको हवको रुपमा विकसित हुदै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले देवदह क्षेत्रमा हुने अपराधीक क्रियाकलापका कारण स्थानीयवासीहरु त्रासमा वस्न वाध्य भएकाले शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासन लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरिक्षक विष्णु विकले अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउनको लागि स्थानीयवासीको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाले अपराध न्यूनिकरणमा आफुले पहल गर्ने बताउदै गाउ घरमा हुने अपराधीक क्रियाकलापलाई स्थानीयवासीले ख्याल गर्नुपर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदहमा भएका अपराधीक क्रियाकलापले शान्ति सुरक्षालाई चुनौती दिईरहेको बताउनु भयो । उहाले अपराधीक क्रियाकलापमा संलग्न व्यक्तिलाई कसैले संरक्षण गर्न नहुने बताउदै आमनागरिकको शान्ति सुरक्षा प्रहरी प्रशासनले जिम्मा लिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको सभागिता रहेको थियो ।

ON AIR

म्युजिक टाइम

UP NEXT

क्यापिटल न्युज

Back to Top