Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

कामधेनु दुग्ध उत्पादक सहकारी संस्था देवदह–३, को १३ औं बार्षिक साधारण सम्पन्न

पौष २९ । कामधेनु दुग्ध उत्पादक सहकारी संस्था देवदह–३, को १३ औं बार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु अर्यालको अध्यक्षता र देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख खत्रीले देवदहलाई दुध उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्न नगरपालिका लागिरहेको बताउनु भयो । उहाले देवदहलाई कृषि र दुग्ध उत्पादन क्षेत्रको रुपमा विकास गर्न आमकृषकहरुको भूमिका महत्वपूर्ण रहेकोले व्यवसायीक पशुपालनमा लाग्न आग्रह गर्नु भयो । उहाले अवको नगरपरिषदमा पशुपालक कृषिहरुलाई मध्यनजर गर्दै पशु विमा, उन्नत जातको पशुको लागि नगरपालिकाले पहल गर्नेमा जोड दिनु भयो । उहाले कृषिलाई व्यवसायीक बनाउन सके आत्मनिर्भर बन्न सकिनेमा जोड दिदै आगामी नगरपरिषद्मा कृषकलाई ध्यानमा राखेर बजेट विनियोजन गर्ने दावी गर्नु भयो । कार्यक्रममा केरवानी साना किसान कृषि सहकारीका अध्यक्ष शिवधारी अहिर, संस्थाका उपाध्यक्ष विष्णु पाण्डे, महिाल समाजसेवी भगवती गैरे लगातयले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष विष्णु अर्यालले प्रगति प्रतिवेदन बताउदै संस्थाले यो बर्ष करिव २ लाख ५० हजार दुध खरीद विक्रि गरेको र सो बाट करिव ४ लाख बचत गर्न सफल भएको बताउनु भएको थियो । कार्यक्रममा उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको थियो । चुरामणि भारतीको स्वागत र नविन गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top