Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देहीको देवदह–२, ढेकावरमा संचालन भएको ६ दिने गुडिया बनाउने तालिम सम्पन्न।

पौष २७ । रुपन्देहीको देवदह–२, ढेकावरमा संचालन भएको ६ दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ । महिला शिपमुलक कार्यक्रम अन्र्तगत देवदह नगरपालिका वडा नं २, ले गुडिया बनाउने तालिमको लागि १ लाख विनियोजन गरेको थियो । उपभोक्ता समितिका अध्यक्ष उमाया थापाको अध्यक्षता र देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा उक्त तालिम समापन भएको हो । सो अवसरमा बोल्दै उपप्रमुख गुरुङ्गले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको सार्थकता हुनेमा जोड दिनु भयो । उहाले तालिम लिईसके पछि त्यसलाई व्यवसायीक रुपमा रुपान्तरण गर्न आग्रह गर्दै ज्ञान र सिपलाई व्यवसायीक बनाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा देवदह–२, का वडा अध्यक्ष धर्मागत पाण्डे, वडा सदस्यद्धय टेकबहादुर पुलामी, पूर्णकली खरेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । स्थानीय महिलाहरुको सभागिता रहेको तालिमको बिमला डुम्रेले सहजीकरण गर्नु भएको थियो । दिलमाया रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

हिन्दी गित संगीत

UP NEXT

खबर संक्षेप

Back to Top