Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

युवा परिचालन उपसमितिको बैठक सम्पन्न

पौष २९ । उद्योग व्यापार संगठन देवदहको आयोजनामा हुन गईरहेको चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ अन्र्तगत युवा परिचालन उपसमितिको बैठक सम्पन्न भएको छ । बैठकले महोत्सव सफल पार्न शान्ति सुरक्षाको अत्यन्त महत्वपूर्ण भूमिका हुने भएकोले दीपक लम्सालको संयोजकत्वमा युवा परिचालन उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा विकास गहतराज, मिठु थापा, ऋषिराम खनाल, सन्दिप राना, आकाश गुरुङ्ग, शिव दर्लामी, सन्तोष गुरुङ्ग, अमृत अर्याल र प्रत्येक वडामा रहेका क्लवका अध्यक्ष, राजनैतिक दलका भातृसंगठनका अध्यक्षहरु पदेन सदस्य रहने गरी उपसमिति गठन गरेको छ । महोत्सवको प्रचार प्रसार संगै सुरक्षा प्रदान गर्नको लागि युवा परिचालन उपसमिति गठन गरेको मुलआयोजक समितिले जनाएको छ । दीपक लम्सालको अध्यक्षता र मूलआयोजक समितिका संयोजक गोविन्द ठड्राईको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

ON AIR

म्युजिक टाइम

UP NEXT

क्यापिटल न्युज

Back to Top